Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बाढीले मादी नदीको निर्माणाधीन पुल बगायो


  • सोमबार, असार ९ २०७६

  • बाढीले मादी नदीको  निर्माणाधीन पुल बगायो

    पोखरा – ढलान गर्न तयार कास्कीको मादी नदीको पुल बाढीले भत्काएको छ। आइतबार बिहान नदीमा आएको बाढीले भत्काएको हो। यो पुल बनाउन सरकारले २०७२ चैतमा मृत सञ्जीवनी निर्माण सेवासँग आठ करोड ६ लाख रुपैयाँ लागतमा सम्झौता गरेको थियो। सम्झौताअनुसार २०७५ वैशाखमा पुल निर्माण सक्नुपर्ने थियो। निर्माण कम्पनीले ढिलाइ गरेपछि यो असारसम्म सक्ने गरी म्याद थप गरिएको थियो।
    मादी गाउँपालिकाको वडा नम्बर ३ र ७ जोड्ने गरी नदीमाथि ८२.५ मिटर लामो र ७.५ मिटर चौडा पुल बनिरहेको थियो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij