Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

शिक्षक नियुक्ति गर्दा गुणात्मक शिक्षक नियुक्तिमा ध्यान दिनुपर्छः शिक्षामन्त्री


  • सोमबार, असार ९ २०७६

  • शिक्षक नियुक्ति गर्दा गुणात्मक शिक्षक नियुक्तिमा ध्यान दिनुपर्छः  शिक्षामन्त्री

    भक्तपुर – शिक्षामन्त्री गिरिराजमणि पोखरेलले स्थानीय तहले आफ्नो खल्तीका मानिसलाई शिक्षक नियुक्ति गर्ने परम्परा बन्द गर्नु पर्ने बताएका छन् ।
    आज चाँगुनारायण नगरपालिकाको स्थानीय पाठ्यक्रम सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले भने, ‘हामी केही समयपछि स्थानीय तहमा शिक्षक पठाउँदै छौं । तर केन्द्र सरकारले पठाएको शिक्षकले सबैमा नपुग्न सक्छ, त्यसैले शिक्षक नियुक्ति गर्दा गुणात्मक शिक्षक नियुक्तिमा ध्यान दिनु जरुरी छ ।’
    नेपालमा प्रावधिक विषय पढ्ने विद्यार्थीको संख्या नौ प्रतिशत मात्र भएकाले यसलाई वृद्धि गर्नु पर्ने पनि शिक्षामन्त्री पोखरेलको जोड छ ।
    यो अवरसमा नगरपालिकाको स्थानीय पाठ्यक्रम ‘हाम्रो चाँगुनारायण’ सार्वजनिक गरिएको थियो । जुन कक्षा ६, ७ र ८ मा लागू हुने नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij