Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौँबाट बझाङ जाँदै गरेको बस दुर्घटना


  • आइतबार, असार ८ २०७६

  • काठमाडौँबाट बझाङ जाँदै गरेको बस दुर्घटना

    काठमाडौं -काठमाडौँबाट बझाङतर्फ जाँदै गरेको ना ६ ख १३३९ नम्बरको बस आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत बारबर्दिया नगरपालिका–७ रम्भापुरमा पल्टिँदा १७ यात्रु घाइते भएका छन् । घाइतेमध्ये पाँचको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
    उनीहरुलाई उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ । अन्य १२ घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
    बस चालक फरार रहेको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij