Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आज पाँचौ अन्तर्राष्ट्रिय योग दिवस


  • शुक्रबार, असार ६ २०७६

  • आज पाँचौ अन्तर्राष्ट्रिय योग दिवस

    काठमाडौं – आज पाँचौं अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरि विश्वभरि मनाइँदै छ।
    जुन महिनाको २१ तारिखलाई अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन शुरु गरेको हो।
    योगलाई शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र आध्यात्मिक चेतका साथ जिउन सिकाउने कलाको रुपमा चिनिन्छ। नेपाल लगायत विश्वभरि मानवीय जीवन शैलीमा परिवर्तन भैरहेको छ। बदलिँदो जीवनशैली, गलत खानपान, आवश्यक पोषण व्यायामको कमीले रोगको संक्रमण बढ्दो छ। मानिसको जीवन शैली अनुशासित बनाउन साथै शारीरिक र मानसिक रुपमा चुस्त राख्न योगाले मद्दत गर्दछ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij