Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सर्वोच्चद्वारा १२ पास नगरी विदेश पढ्न जान सरकारले लगाएको रोक्का फुकुवा


  • शुक्रबार, असार ६ २०७६

  • सर्वोच्चद्वारा १२ पास नगरी विदेश पढ्न जान सरकारले लगाएको रोक्का  फुकुवा

    काठमाडौं -सर्वोच्च अदालतले सरकारले १२ पास नगरी विदेशमा पढ्न जान रोक्ने भन्दै गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।
    अधिवक्ता रामदत्त ओझाले दायर गरेको रिटमाथि बुधवार पहिलो सुनुवाईमै न्यायाधीश सुष्मालता माथेमाको इजलासले सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।
    एसईई उत्तिर्ण गरेका विद्यार्थीले बंगलादेश, अष्ट्रेलिया, जापान, अमेरिकालगायत देशमा पढ्न जान स्वीकृति (नो अब्जेक्सन लेटर) लिने गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति दिन रोक लगाएको थियो।
    उक्त निर्णय विरूद्ध अधिवक्ता ओझाले मंगलबार सर्वोच्चमा रिट दिएका थिए।
    शिक्षा मन्त्रालयका उपसचिव महेश्वर शर्माका अनुसार अबदेखि १२ कक्षा उत्तिर्ण गरेका विद्यार्थीलाई मात्रै अध्ययन स्वीकृति दिने निर्णय भएको हो।
    १२ कक्षासम्म माध्यमिक शिक्षा नै भएकोले विद्यालय शिक्षा सकेर उच्च शिक्षा पढ्न चाहने विद्यार्थीलाई मात्रै अध्ययन स्वीकृति दिने मन्त्रालयको निर्देशनमा उल्लेख छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij