Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पत्रकार नन्दबहादुर गेलाङको टिपरको ठक्करबाट मृत्यु


  • बुधबार, जेष्ठ २९ २०७६

  • पत्रकार नन्दबहादुर गेलाङको टिपरको ठक्करबाट मृत्यु

    काठमाडौं – टिपरको ठक्करबाट सुर्खेतमा पत्रकार नन्दबहादुर गेलाङको मृत्यु भएको छ । मोटरसाइकलमा सवार उनलाई सुर्खेतको छिन्चुतर्फ आइरहेको बा५ख १६८३ नम्बरको टिपरले बुधबार दिउँसो भेरीगङ्गा नगरपालिका ८ लोदेमा ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
    लेकवेशी नगरपालिका– ७ कल्याण निवासी गेलाङ रेन्द्रनगरबाट प्रकाशित सुर्खेत पहिचान दैनिकका प्रकाशक सम्पादक थिए । नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखाका सहसचिवसमेत रहेका गेलाङको शव मेहेल्कुना अस्पतालमा राखिएको छ ।
    फरार भएका टिपर चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्वर्गीय गेलाङका श्रीमती र एक छोरी छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij