Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पोखरामा प्रहरीले लागुऔषध कारोबारी समात्न गोली चलायो, दुई जना घाइते


  • बुधबार, जेष्ठ २९ २०७६

  • पोखरामा प्रहरीले लागुऔषध कारोबारी समात्न गोली चलायो, दुई जना घाइते

    पोखरा– पोखरा महानगरपालिका–१० को उत्तम चोकमा गोली हानेर प्रहरीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो।
    गोविन्द थापालाई गोली हानी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । थापाको बायाँ खुट्टामा गोली लागेको छ। उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले बताएको छ। अन्य दुई जना भने भागेका प्रहरीले बताएको छ।
    पोखराको उत्तमचोकमा रहेको एक क्याफे प्रहरीले उनीहरूलाई लागुऔषध लिएर हिँडेको विशेष सूचनाको आधारमा प्रहरीले छापा हानेको थियो।
    प्रहरीले नियन्त्रणमा लिन खोजेपछि उल्टै प्रहरीलाई चिर्पटले हिर्काएर भाग्न खोजेका थिए। प्रहरीमाथि नै जाइलागेपछि बाध्य भएर प्रहरीले गोली चलाएको बताएको छ। घाइते भएको प्रहरी सन्तोष सुवेदी पार्कल्याण्ड हस्पिटल अमरसिंहचोकमा सामान्य उपचार गरेर डिस्चार्ज भएका छन्।
    प्रहरीले उनीहरूको साथबाट १५ सय थान लागुऔषध बरामद गरेको जनाएको छ। साथै फरार लागुऔषध कारोबारीहरूको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij