Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सरकारले देश भित्रै रोजगारीका अवसर सृजना गर्छ – प्रधानमन्त्री


  • शुक्रबार, जेष्ठ २४ २०७६

  • सरकारले देश भित्रै रोजगारीका अवसर सृजना गर्छ  – प्रधानमन्त्री

    काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई गरिब नै बनाइराख्ने षडयन्त्र भइराखेको भन्दै त्यस्तो षडयन्त्रमा कोही पनि फस्न नहुने बताएका छन्।
    आज भक्तपुरमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको सुरूआत गर्दै प्रधानमन्त्री ओलीले कतिपय मान्छेहरूले क्रान्तिका नाममा हिंसा भड्काउन खोजको भन्दै हिसांलाई नेपाली समाजले अस्वीकार गरिसकेको बताए।
    रोजगारीका लागि नयाँ नयाँ अवसरको खोजी गर्ने र वैदेशिक रोजगारीको विकल्प खोजिने उनको भनाइ छ। प्रधानमन्त्री ओलीले सरकारले देश भित्रै रोजगारीका अवसर सृजना गर्ने पनि बताएका छन्।
    ‘देशमा अहिले युवाको जनसंख्याको बाहुल्यता छ’ प्रधानमन्त्री ओलीले भने ‘यही युवा जनशक्तिको परिचालन गरेर हामीले देश विकासको फड्को मार्नु पर्दछ। युवाहरूलाई रोजगारीका लागि विदेश जानु पर्ने बाध्यता हटाउछौं।’

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij