Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकियो


  • बुधबार, जेष्ठ २२ २०७६

  • पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकियो

    काठमाडौं– मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजनाको ९९ प्रतिशत काम सम्पन्न भएको छ । परियोजनाका जनशक्तिका लागि आठदिने तालीम दिइएपछि आउँदो असारभित्र सञ्चालनमा आउने भएको छ ।
    पाइपलाइन सञ्चालनमा आएसँगै नेपाल आयल निगमलाई इन्धन ढुवानीमा भाडा वार्षिक झण्डै दुई अर्ब रुपैयाँ कम हुनेछ ।भारतीय आयल कर्पोरेशनसँगको सम्झौताअनुसार परियोजनाको सञ्चालन, मर्मत र अद्यावधिक राख्ने जिम्मेवारी निगमको भएकाले कर्पोरेशनले यही जेठ २३ गतेदेखि निगमका २५ जना प्राविधिक जनशक्तिलाई भारतको लखनउमा आठ दिने तालीम दिनेछ ।
    नेपालतिर ३६ र भारततिर ४२ किलोमिटर पाइप बिछ्याइएको छ । निगमका अनुसार तालीमपछि परियोजना हस्तान्तरण भई सञ्चालनमा आउनेछ ।
    देशभित्र खपत हुने डिजेलमध्ये ७० प्रतिशत अमलेखगञ्जबाट आपूर्ति हुँदै आएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij