लण्डन- ट्वान्टी फो न्यूज प्रेस डटकमको वार्षिक उत्सवको अवसरमा गैर आवासीय नेपालीको मुद्दामा केन्द्रित भएर लण्डनको अल्डरसटमा आयोजना गरिएको ‘एनआरएन बहस’ कार्यक्रम एनआरएन नागरिकता र गोर्खाको मुद्धाले प्राथमिकताले पाएको हो । एनआरएनए अभियन्ताहरुको सहभागितामा सम्पन्न कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाप्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा विशेष गरि एनआरएन नागरिकता, गोर्खाका सवाल र लगानीमा केन्द्रित गरिएको थियो । सञ्चारकर्मी टीकाराम यात्रीले सञ्चालन गरेको पहिलो सेसनमा एनआरएनएन नागरिकता कार्यदलका संयोजक तथा अभियन्ता रामप्रताप थापा, एनआरएनए उपाध्यक्ष कुल आचार्य, अधिवक्ताद्धय गोविन्द्र बेलबासे, नारायण कँडेलसँग नागरिकताको विषयमा अन्तरक्रिया सम्पन्न गरिएको थियो ।
त्यस्तै, गैर आवासीय नेपाली लगानीका सम्बन्धमा अष्टे«लियाका लागि नेपाली महावाणिज्य दूत दीपक खडका, एनआरएन यूकेका संरक्षक योगेन्द्रबहादुर क्षेत्री, आइसीसी सहकोषाध्यक्ष सोम सापकोटा, एनआरएनए पोर्चुगलका अध्यक्ष कुवेर कार्कीसँग अन्तरक्रिर्या गरेका थिए । त्यस्तै, तेस्रो सेसनमा भूपू गोर्खाको विषयमा शेरबहादुर सुनार, उपमेयर लक्ष्य गुरुङ, सत्याग्रहका ज्ञानराज राई, गेसोको अध्यक्ष धर्म बहादुर तामाङ र बीबीसी नेपाली सेवाका भगीरथ योगीसँगै सञ्चारकर्मी मोहराज शर्माले सञ्चालन गरेका थिए ।
बेलायतका लागि नेपाली राजदूत डा. दूर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एनआरएनए यूकेका अध्यक्ष योगकुमार फगामी, नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, एनआरएनमा गोर्खा मुद्धाका संयोजक थर्क राना, भूतपूर्व सैनिक संघका अध्यक्ष केशरबहादुर गुरुङ, एनआरएन स्कटल्याण्डबाट अध्यक्ष मोहन कार्की, वेल्सका अध्यक्ष रामचन्द्र पौडेल, नर्दर आयरल्यान्डका अध्यक्ष लीलाराम निउरे, रिटार्यड मेजर डम्बर घले, एनआरएन सरक्षक सूर्य गुरुङ, नेपाल पत्रकार महासंघ यूकेबाट श्याम लुँइटेल, प्रेस युनियन यूके अध्यक्ष विपीन निरौला, नेपाली जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष विनोद घिमिरे, एनआरएन यूकेका उपाध्यक्षहरु शेरबहादुर सुनार पुनम गुरुङ, प्रेम गाहा मगर, सुशीला राई, सचिव तारानाथ भण्डारी, कार्यसमिति सदस्य राजन खकुराल, मनिष खड्का, शिव कँडेल, युर्थ संयोजक लालबहादुर गुरुङ, मिडल्यान्डबाट एनआरएन यूके सल्लाहकार दयानिधि सापकोटा, डा. बच्चु कैलाश, वरिष्ठ गायक प्रेमध्वज प्रधानलगायतको सहभागिता रहेको थियो ।
त्यसैगरी ट्यान्टीफोर न्युज प्रेसले आफ्नो वार्षिक उत्सवको अवसरमा अवार्डको कार्यक्रम आयोजना गरेको थियो । एनआरएनएको क्षेत्रमा महत्वपूर्ण भुमिका खेल्नु भएका व्यक्ति तथा कला, साहित्य, खेलकुद तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण भुमिका खेलेका व्यक्तिहरुलाई विभिन्न विधामा अवार्ड प्रधान गरिएको थियो । बेलायतका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदी, एनआएएनए आसिसिका नागरिकता कार्यदलका अध्यक्ष रामप्रताप थापा, एनआएएनए आसिसिका उपाध्यक्ष कुल आचार्य, पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश विष्ट, प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल, एपी वान टिभीका महाप्रवन्धक विकास लामिछानेको उपस्थितीमा सम्मान गरिएको थियो । ग्लोवल एनआरएनए अवार्ड अष्ट्रेलियाका अवैधानिक महावाणिज्य दुत दीपककुमार खड्कालाई प्रधान गरिएको थियो । त्यसैगरी वरिष्ठ गायक प्रेमध्वज प्रधान लाई फुलको गुछा दिएर सम्मान गरिएको थियो । युरोप एनआरएनए रिजिनल अवार्ड कुबेर कार्की पोर्चुगल, युके एनआरएनए अवार्ड वल्स राज्यबाट रामचन्द्र पोखरेल, स्कटल्याण्डबाट मोहन कार्की र नर्दर आयरल्याण्ड लिलाराम निउरेलाई प्रदान गरिएको थियो । स्पोर्टस अवार्ड प्रशान्त राई, जर्नालिजम अवार्ड वरिष्ठ पत्रकार भगिरथ योगी, मल्टिमिडिया अवार्ड कुशल श्रेष्ठ, साहित्य अवार्ड निर्पेस उपे्रतिलाई प्रदान गरिएको थियो ।
एनआरएनए युकेको २०१७ –२०१९ को कार्यसमितिमा रहेर उत्कृष्ट कार्य गर्ने राजन खकुरेल र लालबहादुर गुरुङ (एलविजेठ) लाई युवा अवार्डबाट सम्मान गरिएको थियो । समाजिक क्षेत्रमा सक्रिय विष्णु बहादुर तामाङ, धनबहादुर सार्की, रोहित गुरुङ र एनआरएनए आसिसि सदस्य शान्ती थापा कुँवर लाई एक्ट्रा अडिनरी अवार्डबाट सम्मान गरिएको थियो । विदेशमा देशको नाम चिनाउन सफल अल्डरसर्ट टाउन सेन्टरका काउन्सुलर प्रवेश केसी र वार्नेट काउन्सिलका उपपेमयर लक्ष्य गुरुङलाई विशेष सम्मान गरिएको थियो । एनआएएनए युकेका पुर्वअध्यक्ष तथा प्रमुख संरक्षक डम्बर घलेलाई कार्यक्रममा सम्मान गरिएको थियो ।
ट्यान्टीफोर न्युज प्रेस डटकममा आवद्ध व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा ट्यान्टीफोर न्युज प्रेस डट युके सम्पादक खुशी लिम्बु, युरोप प्रधानसम्पादक खेमराज रानाभाट, पुरन गिरी, प्रकाश महर्जनलाई सम्मान गरिएको थियो । साथै पत्रकार महासंघ युकेका वरिष्ठ उपाध्यक्ष श्याम लुईटेल, युरोप नेपाली डटकमका सम्पादक राजकुमार थापालाई पनि सम्मान गरिएको थियो । जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष विनोद घिमिरेलाई पनि सम्मान गरिएको थियो । कार्यक्रम सफल बनाउन सहयोग गर्ने मिस नेपाल युकेटिमलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रम भव्य रुपमा सम्पन्न भएको एनआरएन युकेका उप महासचिब विनय अधिकारी तथा अनलाइनका अध्यक्ष विनय अधिकारीले जानकारी दिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
