काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बिहिबार हुने सपथग्रहण कार्यक्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भएका हुन्।
परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले प्रम ओली भारत जान लागेको पुष्टि गरेका छन्।
मोदीले यसपटकको सपथ ग्रहण समारोहमा बिमस्टेक सदस्य राष्ट्रहरूलाई बोलाएका छन्। बिमस्टेकमा नेपाल, बंगलादेश, भारत, म्यानमार, श्रीलंका, थाइल्याण्ड र भुटान सदस्य छन्।
बिमस्टेक सदस्य राष्ट्रका सरकाररराष्ट्रप्रमूख बाहेक कीर्गिजस्थानका राष्ट्रपति र मोरिससका प्रधामन्त्रीलाई पनि सो समारोहको लागि आमन्त्रण गरिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।
यता भारतले छिमेकी राष्ट्र पाकिस्तानलाई भने सपथ ग्रहण समारोहमा बोलाएको छैन।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
