Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दार्चुलामा ७० वर्षीया महिलाको हत्या


  • आइतबार, जेष्ठ १२ २०७६

  • दार्चुलामा ७० वर्षीया महिलाको हत्या

    दार्चुला – दार्चुलामा अज्ञात् समूहले एकजना महिलाको हत्या गरेको छ । महाकाली नगरपालिका ३ काँटैस्थित पसलमा राति सुतिररहेका बेला अज्ञात समूहले कुटपिट गरी ६५ वर्षीया द्रोपती महराको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
    बंगाबगड दल्लेख सडक छेउमा पसल गरेर बस्दै आएका महरा दम्पती तथा नातिमाथि नै अज्ञात समूहले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
    द्रोपतीका श्रीमान् अन्दाजी ७५ वर्षीय वीरभान र नाति लोकेश महरा घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij