Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कम्बोडियाली कावा राष्ट्र प्रमुख र प्रधानमन्त्री ओलीबीच भेटवार्ता


  • मंगलबार, बैशाख ३१ २०७६

  • कम्बोडियाली कावा राष्ट्र प्रमुख र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

    काठमाडौं– कम्बोडियाको भ्रमण रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडियाका कार्यबाहक राष्ट्र प्रमुख भिबोल सेना फिक्डे से छुन्मबीच सिनेट हाउसमा भेटघाट भएको छ।
    राष्ट्र प्रमुख राजा नोरोदम सिंहमोनी ‘एसियाली सभ्यता बहस सम्मेलन’का लागि हाल बेइजिङमा छन्।
    उक्त भेटवार्तामा द्विपक्षीय सम्बन्ध, संसद् र संस्कृतिसम्बन्धी विषयमा छलफल भएको थियो। भियतनामको पाँच दिने भ्रमण पूरा गरी प्रधानमन्त्री ओली हाल कम्बोडियामा छन्।
    कम्बोडियाको विदेश मामिला मन्त्रालयका अधिकारीले सो भेटघाटले दुई देशबीचको सम्बन्ध बलियो बनाउनाका साथै अर्थ, व्यापार, पर्यटन र संस्कृतिसम्बन्धी सहयोग र संसदीय अनुभव आदानप्रदान गर्न बढावा दिने विश्वास व्यक्त गरेका छन्।
    सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र परराष्ट्र सल्लाहकार राजन भट्टराई, नेपाल सरकारका उच्च अधिकारीलगायतको सहभागिता रहेको थिए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij