Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रदेश १ को स्थायी राजधानी विराटनगर तोकियो


  • मंगलबार, बैशाख २४ २०७६

  • प्रदेश १ को स्थायी राजधानी विराटनगर तोकियो

    विराटनगर – प्रदेशसभा गठनको १६ महिनापछि प्रदेश १ को राजधानी टुंगो लागे पनि नाम भने सभाले टुंग्याउन सकेको छैन । प्रदेशसभाको सोमबारको बैठकले विराटनगरलाई स्थायी राजधानी घोषणा गरेको हो ।
    सोमबार दिउँसो २ बजे बोलाइएको प्रदेशसभा बैठक साँझ ६ बजेपछि सुरु भएको थियो । विराटनगरलाई स्थायी साजधानी तोक्नेसम्बन्धी प्रस्ताव सत्तारुढ नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले दर्ता गराएको हुन् र यो प्रस्तावको पक्षमा दुई तिहाइ मत खसेको छ ।

    राजधानी विराटनगरको पक्षमा ८६ मत खसेको थियो । प्रस्तावको विपक्षमा मत खसेन । प्रदेश १ संसद्मा ९३ सदस्य छन् । प्रदेशसभा सदस्य कांग्रेसका ज्योति सुब्बा, प्रतापप्रकाश हाङगाम, अगमलाल चौधर, नेकपाका गणेश काङमाङ संघीय समाजवादीमा फोरमका रामचन्द्र लिम्बु र राधा थापा मतदानमा अनुपस्थित थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij