Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

शनिबार सिड्नीमा ओसेनिया क्षेत्रीय सम्मेलन हुने


  • सोमबार, बैशाख २३ २०७६

  • शनिबार सिड्नीमा ओसेनिया क्षेत्रीय सम्मेलन हुने

    बिदेशमा सिकेको ज्ञान र शिप नेपाल पुरयाउने अभियान : अधिकारी

    नेपालको संघीय सरकारका कानून मन्त्री भानुभक्त ढकाल, अस्ट्रेलियाको संघीय सरकारका अध्यागमन मन्त्री डेबिड कोलम्यान, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट ,उपाध्यक्ष कुमार पन्त,महासचिब बद्री केसी लगायत करिब दुइ सय बिदेशी प्रतिनिधीहरुको सहभागिता हुन गैरआवासीय नेपाली संघको ओसिनिया क्षेत्रीय सम्मेलन आगामी शनिबार सिड्नीमा आयोजना हुने भएको छ ।
    ‘इन्भेस्टमेन्ट , इनोभेसन र टुरिजम’ भन्ने बिषयमा केन्द्रित हुने यो सम्मेलनमा यसक्षेत्रका बुद्दिजिबिहरुले कार्यपत्रहरु पेश गर्ने र त्यसमाथि ब्यापक बौद्दिक तथा ब्यबहारिक बहस हुने आयोजक समितीका संयोजक तथा एनआरएन अ‍ोसेनिया संयोजक धर्मराज अधिकारीले बताए ।
    कार्यक्रममा क्यानाडाबाट डा प्रमोद ढकाल, अमेरिकाबाट डा अम्बिका अधिकारी, अस्ट्रेलियामा क्रियाशील डा राजु अधिकारि, डा कुश श्रेष्ठ, डा कृष्ण हमाललगाएतले विभिन्न बिषयमा कार्यपत्र पेश गर्ने छन । सम्मेलनका निष्कर्षहरू नेपालको बिकास निमार्णका लागि निकै उपयोगी हुने संयोजक धर्मराज अधिकारीले बताए ।

    नेपालमा अहिले स्थिर सरकार भएकाले बिकासका निम्ति उपयुक्त बाताबरण बनेको बेला सस्थागत सुद्धिकरण र नेपालमा लगानीको बातबरण र सुरक्षा छलफलका मुख्य बिषय बन्ने छन, संयोजक अधिकारीले सुनाए ।


    सम्मेलनमा न्युजिल्याण्ड, भानुवातुलगायतका देशबाट पनि प्रतिनिधि आउने छन् । अस्ट्रेलिया लगायत न्युजिल्याण्ड, पपुवान्युगिनी, भानुवातु लगायत देश ओसेनिया क्षेत्रमा पर्दछन । अतिथी देबो भवः र एकै हात सबै साथ भन्ने एनआरएनको मुल नारालाई बोकेर यसपटक क्षेत्रीय सम्मेलनमा भ्रमण वर्ष २०२० लाई सफल बनाउन यस क्षेत्रले खेल्नुपर्ने भूमिकाको विषयमा समेत चर्चा गरिने आयोजक आइसीसी सदस्य दिनेश जोशीले बताए ।
    सम्मेलनको पहिलो दिन आगामी शनिबार मे एघारमा बिहानदेखि बेलुकासम्म लगानी, पर्यटन प्रर्वधन अनि बिदेशमा सिकेको सिप र ज्ञानलाई नेपालको विकासमा कसरी लान सकिन्छ भन्ने बिषयमा छलफल हुने आइसीसी सदस्य उषा बारिया पोखरेलले बताइन । दोस्रो दिन कार्यक्रमको समापन र सीड्नी घोषणापत्र सार्वजनिक गरी अतिथिलाई सीड्नी भ्रमणको ब्यवस्था गरिएको आइसीसी सदस्य पोखरेलले सुनाइन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij