काठमाडौं– पश्चिमी वायुको प्रभावले शुक्रबार बिहानदेखि सुरू भएको हावाहुरी र वर्षा शनिबारसम्मै रहने मौसम पूर्वानुमान महाशाखाले बताएको छ।
केन्द्रीय राजधानी काठमाडौंलगायत देशका मध्य र पूर्वी भागमा अहिले हावाहुरी चलेको छ भने हल्का पानी परिरहेको छ।
मेघ गर्जनसहित केही स्थानमा भारी वर्षा र केही ठाउँमा हल्का वर्षा हुने तथा हावाहुरी चल्ने भएकोले सचेत हुनुपर्ने महाशाखाले जनाएको छ ।
‘पश्चिमी वायु र ओडिशाबाट उत्तरपूर्व अघि बढिरहेको फानीले हावाहुरी र मौसम बदली भएको हो ।
आइतबारदेखि मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
