Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पुष्पन प्रधानसंगै स्याडो ब्यान्ड सीड्नीमा


  • बुधबार, बैशाख १८ २०७६

  • पुष्पन प्रधानसंगै स्याडो ब्यान्ड सीड्नीमा


    अस्ट्रेलियामा रहेका सायन इन्टरटेन्ट्मेन्ट्सको आयोजना तथा बिग इभेन्ट्स, आरजी इन्टरटेन्टमेन्ट्स र कमेरोको संयुक्त पहल तथा फोर नेशन्स इन्टरनेशनलको प्रस्तुतीमा अर्को शुक्रबार अर्थात मे १० तारिखका दिन सीड्नीमा नेपाली गित संगितका माहारथीहरुको बेजोड प्रस्तुती हुने भएको छ । पछिल्लो नेपाल आइडलसँंगै नेपाली गित संगितको आकाशमा उदाएका चर्चित गायक पुष्पन प्रधान र उनको ब्यान्ड तथा चर्चित स्याडो ब्यान्डसँंगै काली प्रशाद बास्कोटाले सिडनीको शार्क होटलमा आफ्नो प्रस्तुती दिनेछन ।
    पंछी, बाबुको जुंगो, ठुल्दाजुजस्ता अहिलेका चर्चित गितका गायक छोटो समयमा नेपाली दर्शकमाझ ख्याती कमाएका कलाकारका रुपमा चिनिन्छन । फरक धुन र अलग पहिचानका धनी पुष्पन नेपाली मुलका सिलुगुढी निवासी गायक हुन । लामो समय नेपाली गित संगितमा रमेका यीनले लामो संघर्षपछि नेपाली भुमिमा आफ्नो पहिचान बनाउन सफल भएका छन । यस्तै हिड्ने मान्छे लड्छ अनि हाम्रो नेपाल र कुन हो हाम्रो धर्म जस्ता गहिरा गितलाई रक मार्फत प्रस्तुती दिन खप्पीस स्याडो ब्यान्डले पनि सिड्नीको शार्क होटल तताउने भएको छ । यीनीसँंगै गायकीसँंगै संगितकारका रुपमा अझ बढि परिचित कालि प्रशाद बास्कोटाले आगामी शुक्रबार सिड्नीका दर्शकलाई आफ्नो समधुर गित संगित पस्कने भएका छन । कार्यक्रमका लागि एडभान्स कलेज अप हेल्थ, वेस्र्टन सिडनी युनिभर्सिटी , डिएम लिगल र इपी माइग्रेशन,एभरेष्ट ट्राभल लगायतले सहयोग पुरयाएको कार्यक्रमका संयोजक कोमल पाठकले बताए ।
    नेपालवाट अर्को हप्ता आइपुग्ने कलाकारको प्रवेशाज्ञा लगायतको काम सम्पन्न भैसकेको र आयोजनाको तयारीमा जुटेको संयोजक पाठकले सुनाए । सीडनीमा पहिलो प्रस्तुती हुने भएपनि अस्ट्रेलियाका बिभिन्न शहरहरुमा समेत यसको प्रस्तुती तय भइसकेको अस्ट्रेलिया टुरका आयोजक सायन इभेन्ट्सका गोविन्द भण्डारीले बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij