Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भोली पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा ऐक्यवद्धता -याली निकाल्ने


  • मंगलबार, बैशाख १७ २०७६

  • भोली पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा ऐक्यवद्धता -याली निकाल्ने


    काठमाडौं – प्रत्येक वर्ष मे ३ का दिन विश्वभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै आएको छ । नेपालमा विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघले बैशाख २० गते (मे ३) का दिनमा ‘लोकतन्त्र र शान्तिका लागि मिडियाः इन्टरनेटको युगमा पत्रकारिता र निर्वाचन’ भन्ने नाराका साथ युनेस्कोको सहयोगमा विविध कार्यक्रम गरी विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदै छ ।
    साथै, विश्व प्रेस स्वतन्त्रता दिवसकै अवसर पारेर र नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि सञ्चालन गरेको दबाब अभियानको सन्दर्भ पारेर बैशाख १८ गते देशका सात वटै प्रदेशको राजधानी रहेका शहरमा महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा ऐक्यवद्धता ¥यालीको आयोजना गरेको महासचिव रमेश विष्टद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
    काठमाडौंमा नेपाल पत्रकार महासंघले बैशाख १८ गते विहान ७ः०० बजे बबरमहलस्थित जिल्ला अदालत अगाडि भेला भई नया“बानेश्वरसम्म ऐक्यवद्धता ¥याली गर्दैछ । महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा अघि बढाएको अभियानमा सहभागी भई ऐक्यवद्धता जनाइदिनुहुन सम्पूर्ण पत्रकार, पेशाकर्मी, नागरिक अधिकारकर्मी, राजनीतिक दल, बुद्धिजीवी, युवा, विद्यार्थीसहित श्रमजीवीलाई अनुरोध गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij