Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दुबईमा धुर्मुस सुन्तलीले रंगशालाका लागि उठाए २२ लाख


  • सोमबार, बैशाख १६ २०७६

  • दुबईमा धुर्मुस सुन्तलीले रंगशालाका लागि उठाए २२ लाख

    काठमाडौं–धुर्मुस सुन्तली फाउण्डेशनले जनस्तरबाट निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि दुबईबाट २० सहयोग संकलन भएको छ । गत २६ अप्रिलमा दुबईमा आयोजित ‘धुर्मुस सुन्तली साँझ २०७६’ बाट उक्त रकम संकलन भएको हो ।
    चितवन समाज दुबईको संयोजन तथा बिभिन्न संघसंस्थाहरुको आयोजनामा सम्पन्न भएको धुर्मुस सुन्तली साँझ कार्यक्रमबाट २० लाख र आबुधावीमा रहेका गायक प्रकाश पौडेलले राखेको भेटघाट कार्यक्रमबाट २ लाख सहयोग संकलन भएको छ ।

     धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले दुबईबाट राम्रो सहयोग संकलन भएको जानकारी दिएका छन् । ‘कार्यक्रमबाट २० लाख र गायक  प्रकाश पौडेल दाईले राख्नु भएको छोटो भेटघाट कार्यक्रममा २ लाख गरी रंगशाला निर्माणका लागि कुल २२ लाख रुपैँया सहयोग प्राप्त भएकोमा निकै हर्षित छौं’ धुर्मुसले भने ।
    कार्यक्रममा धुर्मुस सुन्तलीले हाँस्यप्रस्तुती दिएका थिए भने चर्चित गायिका मेलिना राई, गायक पुष्पन प्रधान लगायतका कलाकारहरुले समेत प्रस्तुती दिएका थिए । कार्यक्रम सकेर धुर्मुस सुन्तली स्वदेश फर्किएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij