Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बुहारीले जेठाजुमाथि खन्याइन् तातो माड


  • शनिबार, बैशाख १४ २०७६

  • बुहारीले जेठाजुमाथि खन्याइन् तातो माड

    जनकपुर–सप्तरीमा एक महिलाले जेठाजुको जीउमा तातो माड खन्याएर घाइते बनाएका बनाएकी छिन् । सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ११ बस्ने अन्दाजी ४५ वर्षीय रामकुमार मण्डल खंगलाई बुहारीले तातो माड जीउमा खन्याएकी हुन् ।

    घाइते रामकुमारको अहिले सागरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । नाला सफा गर्ने विषयलाई लिएर जेठाजु र बुहारी बीच भनाभन हुँदा रिसको झोकमा खाना बनाइरहेकी ३५ वर्षकी भुलीदेवी मण्डल खंगले जेठाजु रामकुमारलाई माड खन्याइदिएकी थिएन् । प्रहरीले भुली देवीलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij