Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अस्थायी शिक्षक र प्रहरीविच बानेश्वरमा झडप


  • शुक्रबार, बैशाख १३ २०७६

  • अस्थायी शिक्षक र प्रहरीविच बानेश्वरमा झडप

    काठमाडौं – शिक्षक सेवा आयोगको परीक्षामा असफल भएका अस्थायी शिक्षकले रोजगारी नखोस्न माग गर्दै शुक्रबार काठमाडौंमा प्रदर्शन भएको छ ।
    काठमाडौंको भद्रकालीदेखि नयाँ वानेश्वरसम्म अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समितिले प्रदर्शन गरेको थियो।
    अस्थायी शिक्षकलाई एक पटक परीक्षाको मौका दिएर असफल भएकालाई अनिवार्य अवकाश दिने गरी सरकारले शिक्षा ऐन संशोधन गरेको थियो । तर १३ हजार शिक्षक परीक्षामा असफल भई अनिवार्य अवकाशको स्थितिमा पुगेका छन् ।
    अस्थायी शिक्षकहरुले भद्रकालीदेखि बानेश्वर थाल जुलुस निकाल्ने घोषणा गरेका थिए । तर प्रहरीले भद्रकालीमै हस्तक्षेप गरी थाल खोसेको थियो । त्यसपछि नारा जुलुस गर्दै नयाँ वानेश्वरसम्म आएका शिक्षकले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँग धकेलाधकेल भएको थियो । यद्यपी दुबै तर्फबाट संयमता अपनाएकाले तनावको अवस्था सिर्जना भएन ।
    उनीहरुले आफूहरुलाई रोजगारीबाट विस्थापित गर्न नपाइने र पटक पटक आन्तरिक परीक्षा गरेर स्थायी गर्नुपर्ने माग राखेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij