Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पत्रकारमाथि विद्युतीय कारोबार ऐनमा कारबाही चलाउनु आपत्तीजनक छ – महासंघ


  • सोमबार, बैशाख २ २०७६

  • पत्रकारमाथि विद्युतीय कारोबार ऐनमा कारबाही चलाउनु आपत्तीजनक  छ – महासंघ

    काठमाडौं– नेपाल पत्रकार महासंघ कास्की शाखा सदस्य तथा ताण्डब न्यूजडटकम (साप्ताहिक) का सम्पादक अर्जुन गिरीलाई प्रहरीले साइबर अपराध सम्बन्धी कसुरमा पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको महासचिव रमेश विष्टद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
    समाचार प्रकाशन गरेको विषयलाई लिएर स्थानीय बिपेन्द्रराज बतासले दिएको जाहेरीका आधारमा कास्की प्रहरीले सम्पादक गिरीलाई आज बिहान करिब ११ बजेतिर पोखराबाट पक्राउ गरेको हो । समाचारको बिषयलाई लिएर चित्त नबुझेमा नियमनकारी निकाय प्रेस काउन्सिलमा उजुरी गर्ने प्राबधानलाई लत्याउदै पत्रकारमाथि विद्युतीय कारोबार ऐनमा कारबाही चलाउनु आपत्तीजनक भएको विज्ञप्तीमा जनाइएको छ ।
    पत्रकारले स्वतन्त्रतापूर्वक समाचार लेख्न पाउने संवैधानिक अधिकारमाथि भएको यो हस्तक्षेपले प्रेस स्वतन्त्रता हनन भएको महासंघको ठहर छ । महासंघ सम्पादक गिरीलाई तत्काल रिहाईको माग गर्दै प्रहरीको यस्तो ज्यादतीको घोर भत्र्सना गर्दछ । साथै, प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र पत्रकारलाई स्वतन्त्र र निर्र्भीकरूपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गर्दछ ।
    समाचार लेखेकै आधारमा पटकपटक विद्युतीय कारोबार ऐन प्रयोग गरेर पत्रकार पक्राउ गर्ने काम तत्काल रोक्न महासंघ जोडदार माग गर्दछ । अन्यथा, महासंघ कठोर संघर्षमा उत्रन बाध्य हुनेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij