Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

लुक्लामा भएको विमान दुर्घटना छानबिन गर्न चार सदस्यीय छानबिन समिति गठन


  • सोमबार, बैशाख २ २०७६

  • लुक्लामा भएको विमान दुर्घटना  छानबिन गर्न  चार सदस्यीय छानबिन समिति गठन

    काठमाडौं– सोलुखुम्बुको लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थलमा अवतरणका क्रममा भएको समिट एयरको विमान दुर्घटनाको छानबिन गर्न चार सदस्सीय छानबिन समिति गठन गरिएको छ ।
    नेपाल नागरिक उड्ययन प्राधिकरणले पूर्व महानिर्देशक राजेशराज दलीको अध्यक्षमा चार सदस्यीय समिति गठन गरेको हो ।
    समितिको सदस्यमा नेपाल वायुसेवा निगमका इन्जिनियर राजेश श्रेष्ठ, तारा एयरका क्याप्टेन रवीन्द्र डंगोल र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् ।
    ।

    आइतबार बिहान भएको दुर्घटनामा समिट एयरका को–पाइलट सुजिल ढुङ्गाना, प्रहरीका असई राम बहादुर खड्का र अर्का असई रुद्र बहादुर श्रेष्ठको मृत्यु भएको थियो । अन्य तीन जना घाइते भएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij