Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सिंगापुरलाई नेपालले २ सय १७ रनले हरायो


  • शुक्रबार, चैत्र २९ २०७५

  • सिंगापुरलाई नेपालले  २ सय १७ रनले हरायो

    काठमाडौं– नेपालले एसियन १९ वर्ष मुनिको विश्वकप छनोटमा सिंगापुरलाई फराकिलो अन्तरले पराजित गरेको छ । सिंगापुरमाथि नेपाल २ सय १७ रनले विजयी हासिल गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ४६ ओभरमा सम्पूर्ण विकेट गुमाएर २८२ रन बनाएको थियो ।
    नेपालका लागि कप्तान रोहित पौडेलले ९५ रन बनाएका थिए । पाँच रनले सतकबाट चुकेका पौडेलले १ सय ५ बलमा १ छक्का र ७ चौका प्रहार गरेका थिए । त्यसैगरि पवन शर्राफले ४७ रन बनाएका थिए भने रसिद खानले ४८ रनको योगदान गरेका थिए । कमल सिंह ऐरीले ३२ र भीम सार्कीले २६ रन बनाएका थिए । सिंगापुरका अथर्व गुनेले ४ विकेट लिएका थिए ।
    जवाफमा ब्याटिङ उत्रिएको सिंगापुर ६५ रनमा समेटिएको थियो । ३१ ओभर खेलेको सिंगापुरलाई सस्तेमा आउट गर्ने क्रममा नेपालका पवन शर्राफले ३ विकेट लिएका थिए । त्यसैगरि कुशल मल्ल र सुर्य तामाङले २–२ विकेट हात पारेका थिए । सिंगापुरको लागि अथर्भ गुनेले ४ विकेट लिए । यस्तै राउल शर्मा र भिनित मेहताले समान २–२ विकेट लिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij