Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नवलपरासीका परमेज अस्ट्रेलियाको सांसद बन्ने दौडमा


  • शुक्रबार, चैत्र २९ २०७५

  • नवलपरासीका परमेज अस्ट्रेलियाको सांसद बन्ने दौडमा


    संघिय निर्वाचनमा उमेदबार बन्ने पहिलो नेपाली

    अष्ट्रेलियाको संघीय निर्वाचनको सत्तासीन लिबरल पार्टीले सिड्नी निवासी परमेज श्रेष्ठलाई आगामी मे १८ मा हुने संघीय निर्वाचनमा बार्टन क्षेत्रबाट उमेदवार बनाउने निश्चित भएको छ ।
    संघिय संरचनामा यति ठुलो फड्को मार्ने संभवत संसारमा छरिएर बसेका नेपाली मुलका परमेज पहिलो युवा हुन । अस्ट्रेलियाको संघिय निर्वाचनमा नेपालीहरुको बाहुल्यता रहेको वार्टन क्षेत्रवाट परमेजलाई उठाउने निर्णय लिबरल पार्टीले गरेपछि त्यसक्षेत्रका नेपालीहरुमा ठुलो उत्साह देखिएको छ । यो साच्चीकै अस्ट्रेलियाको इतिहाँंसमा पहिलो पटक नेपाली मुलका युवालाई केन्द्रिय संसदमा पुग्ने ठुलो मौकाका रुपमा हेरिएको लिबरल फ्रेन्ड्स अफ नेपालका अध्यक्ष श्री नापीतले बताए । अस्ट्रेलियाका मुल राजनिती प्रवाहमा केहि बर्षदेखि सक्रीय रहेका परमेजको स्थायी घर नवलपरासी हो । अस्ट्रेलियामै बसोबास गर्दै आएप्नि परमेजका पीता मेघराज श्रेष्ठ हाल नवलपरासीमा कृषी उद्योगमा संल्गन रहेका छन ।

    बिहीबार बसेको लिबरल पार्टीको न्यूसाउथवेल्स राज्य कार्यसमितिले उनलाई उम्मेद्वारका रुपमा सिफारिश गरेको हो । पीजे श्रेष्ठ उपनामले चर्चित उनी अष्ट्रेलियामा नेपाली समूदायको दोश्रो पुस्ताका प्रतिनिधि हुन् । २० वर्ष अघि ६ वर्षको उमेरमा उनी आफ्ना अभिभावकको साथ अष्ट्रेलिया आएका थिए ।परमेज श्रेष्ठ मिष्टर नेपाल ओसिनिया समेत हुन् ।
    यो मेरो लागि मत्र नभएर सम्पुर्ण नेपाली समुदायको लागि निकै ठुलो उपलब्धी हो भन्ने मैले ठानेको छु ,यस क्षेत्रमा नेपालीहरुको निकै बाक्लो बस्ती रहेपनि राजनितीमा भने त्यस्तो
    प्रभाव देखिएको थिएन । तर लिबरल पार्टीले मलाई बिश्वास गरेर जुन मौका दिएको छ,यो सबैभन्दा महत्वपुर्ण पाटो हो । अस्ट्रेलियाको सत्तासिन दलले मेरो काम र नेपालीहरुको प्रभाव देखेर पनि मलाई अगाडि बढाउन लागेको मैले ठानेको छु । वार्टन क्षेत्र बहुसांस्कृतीक समुदायको धनी क्षेत्र हो ,यस क्षेत्रमा रहेका समुदायको आवाज बन्ने प्रयास गर्ने छु । हिजो राती पार्टीले मलाई टेलिफोन मार्फत त्यस क्षेत्रमा मलाई उमेदबार बनाउने भएको खबर दिएको हो र आधिकारीक रुपमा भालीपर्सीसम्म सार्वजनिक हुने छ, परमेजले बताए ।
    परमेज लिबरल फ्रेन्ड्स अफ नेपालका उपाध्यक्ष विवेक थापाले उनि संस्थाको युथ कोर्डिनेटर पनि भएको र नेपालीहरुको प्रभाव अस्ट्रेलियामा बढ्दै गएको महशुस यो उमेदबारीले प्रमाणित गरेको बताए । हामीलाई यो समाचारले निकै उत्साहीत बनाएको छ र परमेजको जितका लागि सबै नेपाली एक भएर लाग्ने बिश्वास आफुले लिएको थापाले सुनाए ।

    उनलाई उमेदवार बनाइएको क्षेत्र बार्टनमा नेपालीहरुको सबैभन्दा घना बसोबास रहेको छ । यो क्षेत्रमा सिड्नीको रकडेल, कोग्रा, हस्र्ट्भिल क्षेत्र पर्दछ । यस्तै टेम्पे, ओलाई क्रिक, बेल्मोर, बेभर्ली हिल्स, क्याम्सी, क्यान्टरबरी, कार्लटन, डुलविच हिल, म्यारिकभिल लगायतका ठाउँ यही क्षेत्रमा समेटिएका छन् । न्यूसाउथवेल्सको राज्य चुनावमा निकै सक्रिय रहेका परमेजलाई यस क्षेत्रबाट उठाउने निर्णय ऐतिहासिक भएको छ । उनी अष्ट्रेलियाको संघीय निर्वाचनमा उम्मेदवार सिफारिश गरिएका पहिलो नेपाली मूलका ब्यक्ती हुन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij