Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा आजबाट सुरु


  • बुधबार, चैत्र २७ २०७५

  • भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा आजबाट सुरु

    भक्तपुर – आजदेखि भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा सुरु भएको छ ।
    यो जात्रा तौमढी (पाँचतले मन्दिर अगाडि) बाट भैरव र भद्रकालीको रथ तानेर शुरु हुनेछ । यो जात्रा आगामी वैशाख ५ गते गःहिटी पु¥याएर सम्पन्न हुनेछ ।
    बिस्केट जात्राको पहिलो दिन टौमढीमा भैरवनाथ र भद्रकालीको रथ तानि जात्रा सुरु हने परम्परा रहेको छ । रथको अगाडि भागमा छ वटा र पछाडि चार वटा डोरी समातेर दुवैतर्फ जात्रालुले रथलाई तान्थे परम्परा छ ।
    बिस्केट जात्राको मुख्य गरी भैरवको रथ तान्ने क्रममा पाँचतले मन्दिर तल र माथिका बासिन्दाबीच विगतमा जस्तै ढुङ्गा हान्ने र झगडा गर्ने कार्य हुन नदिन जिल्ला प्रशासन कार्यालय भक्तपुरले सुरक्षा व्यवस्था कडा बनाएको छ ।
    स्थानीय प्रशासन, प्रहरी र नगरपालिकाले यसवर्ष जात्रालाई शान्तिपूर्ण बनाउन ४३ स्थानमा सिसी क्यामरा जडान गरेर निगरानी गर्ने व्यवस्था मिलाएका छन् ।
    मदिरा बिक्री वितरणमा रोक लगाएको र झगडा गर्ने एवं ढुङ्गा हान्नेलाई सार्वजनिक ऐनअन्तर्गत मुद्दा चलाएर कारवाही गरिने समेत प्रशासनले जानकारी दिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij