Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्लिज सेफ एशोसिएसन अफ युकेको अध्यक्षमा आचार्य निर्वाचित


  • मंगलबार, चैत्र २६ २०७५

  • नेप्लिज सेफ एशोसिएसन अफ युकेको अध्यक्षमा आचार्य निर्वाचित

    लण्डन- नेप्लिज सेफ एशोसिएसन अफ युकेमा दधि आचार्यको अध्यक्षमा नयाँ कार्यसमिति चयय भएको छ ।
    सोमबार लण्डनमा सम्पन्न दोस्रो अधिवेशनबाट अघिल्लो कार्यसमितिमा उपाध्यक्ष रहेका आचार्यलाई अध्यक्षमा निर्वाचित भएका हुन ।
    तिन वर्षे कार्यकाल रहेको कार्यसमितिको उपाध्यक्षमा रामप्रसाद न्यौपाने, मोहन लाल ओली, महासचिवमा भुपेन्द्र पाठक, सचिवमा विनोद बराल, कोषाध्यक्षमा रामचन्द्र सुवेदी, सहकोषाध्यक्षमा धमगित चापागाई सर्वसम्मत निर्वाचित भएका छन् ।
    त्यसैगरी सदस्यहरुमा ठाकुरप्रसाद तिमल्सेना, केवि गुरुङ, राजु बोहरा, रामप्रसाद सापकोटा, शिव कडेँल, बिक्की सापकोटा, दुर्गा गुरुङ, टिकाराम निउरे, मनिष खड्का, टिकाराम कंडेल, देविराम निउरे, प्रकाश गुरुङ, लालचन्द्र सापकोटा, राजु खत्री, भोजराज भण्डारी र पारस सापकोटा निर्वाचत भएका छन् ।
    कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदुत डा। दुर्गाबहादुर सुवेदी, एशोसिएसनका निवर्तमान अध्यक्ष कृष्ण तिमल्सेना, एनआरएन आइसिसि उपाध्यक्ष कुल आचार्य र सहकोषाध्यक्ष सोम सापकोटा, एनआरएन युकेका पुर्वअध्यक्ष सूर्य गुरुङ, निर्वाचन सदस्य पत्रकार फणिन्द्र भट्टराई लगायतले निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गरेका थिए ।
    निर्वाचन समितिका संयोजक रामशरण सिंखडाको संयोजकत्वमा एशोसिएसनको निर्वाचन भएको थियो । यस संस्थामा हाल ७ सय भन्दा बढि सेफहरु आवद्ध रहेका छन् ।
    कार्यक्रममा उपस्थित प्रमुख अथिति लगायत विभिन्न व्यक्तित्वहरुले सफलताको शुभकामना व्यक्त गरेका थिए ।
    बेलायतमा लामो समयदेखी सेफमा कार्यरत सेफहरु बद्री जैसी, राम डंगोल, हेम सापकोटा र हरी सापकोटालाई संस्थाले सम्मान गरेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij