Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बुटवलमा ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना


  • आइतबार, चैत्र २४ २०७५

  • बुटवलमा ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना

    बुटवल– रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाको मगंलापुरमा आज बुटवल ग्यास उद्योगको ट्रक दुर्घटना भएको छ ।
    बुटवल ग्यास उद्योगबाट ग्यास सिलिण्डर बोकेर बुटवल जाँदै गरेको लु १ क ८०० नम्बरको ट्रक मध्यान्ह १२ बजे मंगलापुर चोकमा एक्कासि पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
    बीच सडकमा स्कुटीले झुक्याएर दुर्घटना भएको ट्रक चालकले बताएका छन् । ट्रकमा २ सय ३० वटा ग्यास सिलिण्डर थिए ।
    सबै सिलिण्डर सडकमा छरिएका कारण सडकमा सवारी साधन आवगनमा असहज भएको थियो । दुर्घटनामा २ वटा रेलिङ भाँचिएका छन् । ग्याँस सडकमा छरिए पनि विष्फोट नएकाले ठुलो क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij