Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सभामुख कृष्णबहादुर महरा कतार प्रस्थान


  • शुक्रबार, चैत्र २२ २०७५

  • सभामुख कृष्णबहादुर महरा कतार प्रस्थान

    काठमाडौँ– सभामुख कृष्णबहादुर महरा कतारको दोहामा हुने अन्तर संसदीय युनियनको १४० औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गरेका छन्।
    यही चैत २३ देखि २७ गतेसम्म चल्ने सो महासभामा उनले ‘शान्ति, सुरक्षा र कानूनी शासनको शिक्षा अभिवृद्धि गर्न संसद् उपयुक्त मञ्च’ शीर्षकअन्तर्गतको छलफलमा उनले नेपालको धारणा प्रस्तुत गर्नेछन् । महासभाका क्रममा हुने महिला सांसदको बैठकमा नेपालको तर्फबाट पुष्पा भुसाल र युवा संसद् सदस्यको बैठकमा शान्ता चौधरीले सहभागिता जनाउनेछन् ।
    दिगो विकासका लागि वित्त र व्यापारसम्बन्धी स्थायी समितिको बैठकमा पनि प्रतिनिधिमण्डलका सदस्यले सहभागिता जनाउने सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिमण्डलमा सांसद भुसाल, चौधरी, हरिचरण सिवाकोटी, विमलप्रसाद श्रीवास्ताव, लक्ष्मणलाल कर्ण, संसद् सचिवालयका महासचिव मनोहर भट्टराई र प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलगायत सहभागी रहेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij