लण्डन-नेपाल पत्रकार महासंघ नेपालका महासचीव रमेश बिष्ट र प्रेस युनीयन नेपालका अध्यक्ष बद्री सीग्देलसंग एनआरएन युकेका अध्यक्ष योग कुमार फगामी, एनआरएन युके संरक्षकहरु सुर्य गुरुड, योगेन क्षत्री समेतको उपस्थितीमा एनआरएनका बिविध विषयमा अन्तरक्रिया भएको छ ।
एनआरएन युके अध्यक्ष योग कुमार फगामीको अध्यक्षतामा भयको सो कार्यक्रम एनआरएन उपमहासचीव विनय अधिकारीले संचालन गरेका थिए ।
प्रेस युनीयन नेपालका अध्यक्ष बद्री सीग्देल, नेपाल पत्रकार महासंघका महासचीव रमेश बिष्ट, एनआरएन युके संरक्षकहरु सुर्य गुरुड्ग र योगेन क्षेत्री,एनआरएन रोड सेफ्टी संयोजक थर्क सेन, एनआरएन युके उपाध्यक्ष शेर बहादुर सुनार, ललीत कुमार न्यौपाने, शुसीला राई, जनसम्पर्क समीती युकेका उपाध्यक्ष युवराज सीह, यती नेपाली एसोसीयसनका महासचीव बाचस्पति रेग्मीको उपस्थीती थियो ।
उक्त अन्तरक्रियामा बिदेशमा ब्यापारीक अवसर, नोकरी गर्न, बसाई सराई गर्न र अध्ययन गर्न बिदेश पसेका नेपालीहरुको हक हितमा नेपाल सरकारबाट आफ्ना नेपाली नागरीकलाई के कस्ता सहयोग दिन सकिन्छ र के कस्ता सहयोग लिन सकिन्छ भन्ने बिषयमा अन्तरक्रिया भएयको थियो । बिशेष गरेर नेपाली नागरिकता, नेपालमा लगानी भित्र्याउने र भुपु ब्रिटीस गोर्खाहरुको आन्दोलनका समसामहिक बिषयमा छलफल भएको एक सहभागीले जानकारी दिए ।
एकपटकको नेपाली सधैको नेपाली भएकोले नागरीकता निरन्तरता, गैर आवासीय नागरीकता जस्ता कुराहरुलाई समय मै ब्यवस्थापन गरेमा सम्बृद्ध नेपालको परिकल्पना नेपालीबाटै सम्भव भएको बिश्वास ब्यक्त गरीएको थियो।
कार्यक्रममा एनआरएनहरुले नेपालका लागी गरेका राम्रा कामहरुका बारेमा बरिष्ठ पत्रकारहरुले राम्रा कामको मुल्याड्कन हुने धारणा राखेका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
