Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

फास्टट्र्याकको लागत १ खर्ब बढ्ने, निर्माण अवधि दुई वर्ष लम्बिने


  • बुधबार, चैत्र २० २०७५

  • फास्टट्र्याकको लागत १ खर्ब बढ्ने, निर्माण अवधि दुई वर्ष लम्बिने

    काठमाडौँ – राजधानीलाई तराई–मधेससित जोड्ने फास्टट्र्याक (द्रुत मार्ग) को लागत करिब १ खर्ब बढ्ने भएको छ । निर्माण अवधि झन्डै दुई वर्ष लम्बिने भएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

    कोरियाली कम्पनी सुसुरुङले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) ले द्रुत मार्गको लागत र निर्माण अवधि दुवै बढ्ने निष्कर्ष निकालेको हो । 

    भारतीय कम्पनी आईएल एन्ड एफएसले तयार गरेको डीपीआरमा दु्रत मार्गको निर्माण लागत १ खर्ब १२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । 

    निर्माणको जिम्मा पाएको नेपाली सेनालाई कोरियन कम्पनी सुसुङले दुई साताअघि बुझाएको डीपीआरमा दु्रत मार्ग बनाउन २ खर्ब लाग्ने उल्लेख गरेको जानकारी उच्च सैनिक स्रोतले दिएको छ । 

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij