Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरुपयोग गर्ने दुई जना पक्राउ


  • सोमबार, चैत्र १८ २०७५

  • राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरुपयोग गर्ने दुई जना पक्राउ

    काठमाडौं – राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर दुरुपयोग गरी सामाजिक सञ्जालमा पोष्ट गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा पाल्पा परान्दी गाउँपालिका–७ का २२ वर्षीय निर्मल गैरे र रुपन्देही साबिक शंकरनगर गाबिस–८ का २३ वर्षीय यमप्रसाद पन्थी रहेका छन् । 

    गैरेलाई चैत १२ गते भक्तपुर नयाँठिमीबाट र पन्थीलाई चैत १३ गते चितवनबाट केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

    राष्ट्रपति र प्रधानमन्त्रीको मानमर्दन हुने गरी अत्यन्त अमर्यादित, अशोभनीय खालका तस्विर सामाजिक सञ्जाल फेसबुकमा पोष्‍ट गर्ने गरेकोमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

    दुवै जनालाई विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको मुद्दामा आवश्यक अनुसन्धान कार्य भइरहेको सो ब्यूरोले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij