Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चैत १६ गते ‘मिरा साँझ’ हुने


  • मंगलबार, चैत्र १२ २०७५

  • चैत १६ गते ‘मिरा साँझ’ हुने

    काठमाडौं– मिलन च्यारीटी फाउण्डेसनले यही चैत १६ गते ‘मिरा साँझ’ आयोजना गर्ने भएको छ । सुनसरीको शहिद स्मृती आवासीय बिद्यालयको सहयोगको लागी गायीका मिलन नेवार र गायक राजन राज शिवाकोटीको संयुक्त साँझ बेलायतको विभिन्न स्थानमा अयोजना गरीने भएको हो ।
    बिद्यालयले गायीका नेवार र गायक शिवाकोटीलाई सद्भावना दुत समेत तोकेको छ । गायीका मिलनले केही समय अगाडी आफ्नो एल्बम विमोचनका क्रममा सामाजीक सेवाको औपचारीक सुरुवात गर्दै ‘मिलन च्यारीटी फाउण्डेसन’को घोषणा गरेकी थिईन् । फाउण्डेसनको पहिलो कार्यक्रम अन्तर्गत आगामी २० मार्चमा युकेमा मिरा साँझ आयोजना गरीएको नेवारले जानकारी दिईन् ।


    अग्रगामी समुह बेलायत, आदीबासी चलचीत्र महासंघ बेलायत र मिलन च्यारीटी फाउण्डेसनको संयुक्त आयोजनामा हुने साँझको संकलीत रकम बिद्यालयका बालबालीकाको अध्ययनका लागि खर्च हुने छ ।
    शहिद तथा बेपत्ता परिवारका बिद्यार्थीहरु लक्षीत गरेर २०६६ सालमा स्थापना भएको बिद्यालयमा ४ सय असहाय बिद्यार्थीहरुले सहुलीयतमा अध्ययन गरीरहेका छन् ।
    गायीका मिलन नेवारले ईटहरी उपमहानगरपालीका २५ भवानीपुरमा रहेको यो बिद्यालयमा नियमीत सहयोग गर्दै आएकी छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij