Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चाल्नाखेलमा बस दुर्घटना हुँदा २४ जना घाइते


  • मंगलबार, चैत्र १२ २०७५

  • चाल्नाखेलमा बस दुर्घटना हुँदा २४ जना घाइते

    काठमाडौँ – फर्पिङबाट पुरानो बसपार्क आउदै गरेको बस चाल्नाखेलमा दुर्घटना हुँदा २४ जना घाइते भएका छन् ।
    पुरानो बसपार्कदेखि दक्षिणकाली रुटमा चल्ने ना३ख १४४४ नंको यात्रुवाहक बस आज बिहान ७ बजे चाल्नाखेलस्थित हात्तीवनमा दुर्घटना हुँदा २४ यात्रु घाइते भएका हुन् ।
    महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बस हिलो सडकमा चिप्लिएर दुर्घटना भएको हो ।
    दुर्घटनामा घाइते भएका २४ मध्ये १२ को मनमोहन अस्पताल स्वयम्भू र १२ जनाको वयोधा अस्पताल बल्खुमा उपचार भइरहेको छ । घाइतेको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij