पाल्पा – निस्दी गाउँपालिका–७ ज्यामिरेमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ७८ वर्षीया यानिसरा ढेंगा रहेको जिल्लाप्रहरी कार्यालयले जनाएको छ ।
ज्यामिरेबाट नवलपरासीको सर्दीतर्फ चुनढुंगा लिएर जाँदै गरेको लु २ ख २६१४ नम्बरको टिपरले पानी बोकेर बाटो काट्ने क्रममा ठक्कर दिँदा घटनास्थलमै महिलाको मृत्यु भएको हो ।
टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
