Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अदालतले माग्यो तत्कालीन एसपी विष्टसंग साढे १० लाख धरौटी


  • आइतबार, चैत्र १० २०७५

  • अदालतले माग्यो तत्कालीन एसपी विष्टसंग साढे १० लाख धरौटी

    काठमाडौं– कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्त बलात्कार पछि हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्ट साढे १० लाख धरौटीमा रिहा भएका छन् ।
    निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरिएको र शंकाष्पद अभियुक्त दिलिपसिंह विष्टलाई यातना दिएको अभियोगमा थुनछेक बहसपछि उनलाई न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यले धरौटीमा रिहा गर्न आदेश गरेका हुन् ।

    २०७५ साउत १० गते हत्या गरिएकी निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले प्रमण नष्ट विरुद्ध जाहेरी दिएकी थिइन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij