Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

वैदेशिक रोजगार विभागका नासु रामकुमार फुयाँल घुससहित पक्राउ


  • शुक्रबार, चैत्र ८ २०७५

  • वैदेशिक रोजगार विभागका नासु रामकुमार फुयाँल घुससहित पक्राउ

    काठमाडौं– वैदेशिक रोजगार विभाग काठमाडौंका नायव सुब्बा रामकुमार फुयाँल ६० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले फुयाँललाई गोकर्णेश्वर नगरपालिका–५ स्थित जोरपाटी चोकबाट नियन्त्रणमा लिएको आयोगले जनाएको छ । 
    नायव सुब्बा रामकुमार फुयाँलले वैदेशिक रोजगार लेनदेनको कागजमा साक्षी बसेका सेवाग्राहीलाई निज बिरुद्ध उजुरी परेको र निजको नाममा पक्राउ पुर्जी जारी गरिदिन्छु भनी पटक पटक कार्यालयमा बोलाएर डरधम्की देखाई घुस मागेका थिए । 
    फुयाँलले सेवाग्राहीसँग ६० हजार घुसबापतको रकम लिएर जोरपाटी चोकमा फलफुल पसल गर्ने ध्रव खड्कालाई राख्न दिएको बताइएको छ । 
    फलफुल पसलेलाई पैसा राख्न दिएको केही समयपछी गोकर्णेश्वर नगरपालिका–५ स्थित जोरपाटी चोक स्थित सापकोटा मिठाइ भण्डारमा खड्कालाई राख्न दिएको पैसा लिन पुगेका सापकोटलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरिएको अख्यितरले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij