Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मर्सी,शुभगृह,बीएमडब्लु र कर्नरकाे चर्तीकला


  • शुक्रबार, चैत्र ८ २०७५

  • मर्सी,शुभगृह,बीएमडब्लु र कर्नरकाे चर्तीकला

             

    शुरेसराज शर्मा

    अस्ट्रेलियाको एआइबीटी कलेजमा पढन पठाएका कयैन बिध्यार्थीको भबिष्य अलपत्र पार्ने महत्वपुर्णभुमिका खेल्ने केहि कन्सलटेन्सीहरु यतिखेर लुकिछिपी अस्ट्रेलियामा बसीरहेका छन। एआइबीटीमासर्वाधिक बिध्यार्थी पठाएर करौडौ कमिसन सोर्ने मर्सी एजुकेशनका राजु टन्डन , शुभगृहकमा सुबेन्द्रथापा, एजुकेसन एन्ड माइग्रेशन कर्नरका सुनिल उप्रेती , बीएमडब्लुका मणि सिलवाल जस्ता महत्वपुर्णएजेन्टहरुको यतिखेर बिध्यार्थीलाई पन्छाउदै अफीस सर्ने र झाडा टार्ने काममा ब्यस्त छन । एआइबीटीकलेजमा सर्वाधिक बिध्यार्थी पठाउने सुचिमा अग्रपंक्तीमा रहेका यी एजेन्टहरुको भने कुनैपनी मिडियामात्यती नाम आएको छैन । शिक्षा मन्त्रालयको छानबिन समितीले पनि यीनिहरुलाई तानेको देखिदैन ।यीनीहरु यसतखेर गुपचुपमा बिध्यार्थीको समस्या आफै समाधान हुने बिश्वासमा अस्ट्रेलियामा लुकिछिपीहिडिरहेका छन । पढेर शैक्षिक योग्यता नपाइने कलेजमा बिध्यार्थीहरुलाई जानी जानी धकेल्ने भिडमामर्सीका टन्डनको नाम पहिलो नम्बरमा आउछ भने शभगृहमा सुबेन्द्र थापा अनि सुनिल उप्रेती र मणिसिलवालहरु टप टेन भित्र पर्दछन तर यीनिहरुको नाम भन्दा पनि थोरै बिध्यार्थी पठाउने एक्सपर्ट र अल्फाबेटा लगायत एजेन्सीको नाम अगाडि आउनुमा यीनीहरुको हात हुनसक्ने देखिन्छ । आफ्नो लाज ढाक्नउनिहरुको अरु एजेन्सीको नाम उकास्न लागिपरेका छन । सम्वन्धित बिध्यार्थीहरुले भने यी एजेन्टले खासैबिध्यार्थीलाई सहयोग नगरेको समेत आरोप लगाएका छन । हाल शिक्षा मन्त्रालयले पठाएको फर्ममा समेतयी एज्ेन्सीले थोरै संख्यामा बिध्यार्थीको नाम पठाएर आफु बच्ने प्रयास गरेका छन । अन्य एजेन्सीहरुमाकंगारु, ब्राडफोर्ड, सनराइज,अम्ब्रेला ,अप्सन ,सनराइज ,प्रोमिस नामक एजेन्टहरुले बिध्यार्थी पठाएकोदेखिन्छ ।

    उच्च अध्यनका लागि अस्ट्रेलिया आएका कयैन बिध्यार्थी यतिखेर सहजकर्ता र कलेजको फेरो अनि मेलोविराएपछि बाध्यताको शिकार बन्न पुगेका छन । नसिंङ कलेजहरुमा बिध्यार्थीहरुलाई नजानिदो तबरलेडिप्लोमा अफ नसिंङको धागो बुनेर ल्याइदैगर्दा सयौ बिध्यार्थीहरु फेरी पनि भाषागत कक्षा(आइएलटीएसवा पीटीइ)को आवश्यक अंकको चक्करमा फसेर अन्यौलमा परेका छन । सन २०१८को मध्यतीरअस्ट्रेलियन नसिंङ एन्ड मिडवाइफरी एक्रिडिएसन काउन्सिल(एन्म्याक)ले भाषागत परिक्षामा 

    प्रत्येक बिषयमा सात अंक ल्याउने बिध्यार्थीले मात्र डिप्लोमा अफ नसिंङ पढेर इनरोल नर्स बन्न पाउनेप्रावधान ल्याएपछि यो समस्या बिकराल रुपमा देखापरेको हो । 

    यतिखेर तिस, चालिस जनाको क्षमता भएका कलेजले पनि होडबाजीमा छ , पाँंच ,सात सयबिध्यार्थीहरुलाई डिप्लोमा अफ नसिंङ पढाउदै छन । यती मात्र हैन बिध्यार्थीहरु डिप्लोमाका लागिसर्टिफीकेट फोर  समेत पढिरहेका छन । कतिपयले डिप्लोमानै पढाइरहेको अवस्थापनि छ । त्यती मात्रहोइन कलेजहरुलाई थाहा छ ,भाषा परिक्षामा सात अंक नल्याएका बिध्यार्थीलाई डिप्लोमा अफ नर्सिङपढाएर इनरोल नर्सको दर्जा दिन पाइदैन भनेर । तरपनि कलेज चलाउन र पैसा कमाउन भर्ना पकृयारोकिएको छैन अनि परामर्शदाताहरु मोटो कमिशनको चक्करमा बिध्यार्थी धकेल्न छाडेका छैनन ।परामर्शदाताहरुले पनि पैसोको जालो बुन्न सर्टिफीकेट फोर टु डिप्लोमा आफ नर्सिङ भनेर कमिसनकोजालो बुनेको देखिन्छ । 

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij