Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस केन्द्रीय अनुशासन समिति संयोजकमा भीष्मराज आङ्दम्बे


  • मंगलबार, चैत्र ५ २०७५

  • कांग्रेस केन्द्रीय अनुशासन समिति संयोजकमा भीष्मराज आङ्दम्बे

    काठमाडाैं – सोमबार दिउँसो बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ढिला गरी राति साँढे ८ बजे बसेको छ।

    केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले भीष्मराज आङ्दम्बेको संयोजकत्वमा केन्द्रीय अनुशासन समिति सर्वसम्मतिले गठन गरेको छ। जसमा किशोरसिंह राठौर, देवेन्द्रराज कँडेललाई सदस्य बनाइएको छ। समितिमा पाँच जना हुनुपर्नेमा ३ जना सभापति शेरबहादुर देउवा समूहबाट (संयोजकसहित) बाँकी संस्थापनइतर समूहबाट समितिमा लगिने छ।

    आङ्दम्बेको नामबाट संस्थापन समूह पछि नहट्ने भएपछि संस्थापन समूहइतर समूह केही लचिलो बन्दै अनुशासन समितिले हरेक निर्णय सर्वसम्मत रुपमा गर्ने निर्णयसहित इतरसमूह समिति गठन तयार भएको हो। अनुशासन समितिको सहमतिबाट बाँकी सदस्य पछि थपिने बैठकले निर्णय गरेको छ।

    बैठक आज दिउँसो पुनः बस्ने जनाइएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij