अस्ट्रेलियामा बसोबास गरिरहेका तराईवासीहरूको संस्था एशोसिएसन अफ नेपाल तराई इन अष्ट्रेलिया(एन्टा)ले १०औं वार्षिकोत्सवका अवसरमा भब्य रुपमा होली पर्व मनाएको छ ।
‘एन्टा १०औं वार्षिकोत्सवसँग होली हंगामा’ नामक सांस्कृतीक कार्यक्रमको आयोजनाका गर्दै सिड्नीको रकडेलस्थीत इन्द्रेणी फङ्सन सेन्टरमा होली पर्व हर्षोंल्लासका साथ रंग, अबिर खेल्दै शुभकामना आदानप्रदान गरेर मनाइएको छ ।

अस्ट्रेलियाका नेपाली समुदायका अगुवाहरुको बाक्लो उपस्थीतीमा विभिन्न भाषा भाषिका मनोरन्जनात्मक कार्यक्रम समेत रंगको टिका मार्फत शुभकामना साटासाट गरेर होली पर्व सबै नेपालीको साझा पर्व भएको शन्देश दिइएको थियो ।
कार्यक्रमलाई मनोरन्जनात्मकबनाउन लागि नेपालबाट बिभिन्न भाषाका विभिन्न कलाकारहरूलाई आमन्त्रण गरिएको थियो । साथसाथै स्थानीय कालाकारहरूको वेजोड प्रस्तुति रहेको थियो । नेपालवाट रमेशराज भट्टराइ ,डोली सरकार र सुनिल पण्डीतजस्ता होलीका चर्चित कलाकारहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा एन्टाका अध्यक्ष अरूणकुमार ठाकुरले होली मधेशको मात्र नभइ सबै नेपालीको साझा महोत्सव भएकोले बिदशेमा आएर पनि रंगको पर्वमा रंगिन पाउँंदा हर्षित भएको सुनाए ।कार्यक्रमको प्रमुख अतिथी न्युसाउथवेल्सका महाबाणिज्यदुत दिपक खड्काले रंगको पर्व होली सबै नेपालीको पर्व रहेको सुनाए । कार्यक्रममा एन्टाका उपाध्यक्ष रन्जीत शाहले स्वागत मन्तब्य ब्यक्त गर्दै हिमाल पहाड तराइ कोही छैन पराइ भन्ने शन्देश बोकेर सिडनीमा एन्टाले होली महोत्सव गरेको सुनाए । मुख्य प्रायोजककोतर्फवाट युनिकटर्न एजुकेशन एन्ड माईग्रेशनका तर्फवाट सनत गुप्ताले एन्टालाई सहयोग गर्न पाउनु आफ्नो लागि खुसीको बिषय रहेको बताए ।एन्टाका सचिब तुलसी शाहले सन्चालन गरेको कार्यक्रममा अस्ट्रेलियामा रहेका सबैखाले संघ संस्थाका प्रतिनिधीहरुको उपस्थीती रहेको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
