Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताद्धारा कैलालीमा जन्ती बसमा आगजनी


  • बिहिबार, फाल्गुन ३० २०७५

  • विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताद्धारा कैलालीमा जन्ती बसमा आगजनी

    कैलाली – विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले कैलालीमा एक जन्ती बसमा आगजनी गरेका छन् । विप्लव नेतृत्वको नेकपाले बन्दको उलंघन गरेर बस चलाएको भन्दै आगजनी गरेका हुन् ।
    पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको बढैपुर जंगलमा बिहीबार बिहान मे १ ख ४४१ नम्बरको जन्तीबसमा आगजनी भएको प्रहरीले जनाएको छ ।
    आगजनीबाट बस पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ । नेकपाका कार्यकर्ताले बसमा सवार सबैलाई बाहिर निकालेर आगजनी गरेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij