Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भरतपुर महानगरपालिका वडा ५ को कार्यालयमा सिलिण्डर बम विस्फोट


  • बुधबार, फाल्गुन २९ २०७५

  • भरतपुर महानगरपालिका  वडा ५ को कार्यालयमा सिलिण्डर बम विस्फोट

    चितवन – भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गए राति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ ।
    विस्फोट राति करिब १२ः३० बजे गराइएको थियो ।
    जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । विस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेको र विस्फोटपछिको आगजनीबाट कागजपत्र जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
    विस्फोट गराएको आशङ्कामा प्रहरीले राति नै छ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकालाई अनुसन्धान शुरु गरिएको छ ।
    घटना थाहा पाएलगत्तै महानगरको दमकल, सुरक्षाकर्मीको टोली पठाएर आगो निभाएका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij