Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रेस स्वतन्त्रता विरोधी कार्यको कडा भर्त्सना गर्दछ – महासंघ


  • सोमबार, फाल्गुन २७ २०७५

  • प्रेस स्वतन्त्रता विरोधी  कार्यको कडा भर्त्सना गर्दछ  – महासंघ

    काठमाडौंं– नेपाल पत्रकार महासंघ बारा शाखाका सदस्य एवं कान्तिपुर सम्वाददाता उपेन्द्र ठाकुरलाई सूचना माग्दा पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोककुमार रामले हातपात र दर्व्यवहार गर्नुका साथै पत्रकार ठाकुरको क्यामेरा फुटाउने प्रयास गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको महासचिव रमेश विष्टद्धारा जारी विज्ञप्तीमा छ ।
    पर्सा राष्ट्रिय निकुञ्ज आधारभार बाराको मध्यवर्ती क्षेत्रमा तराई यातायातले सञ्चालन गरेको तौलपुलका विषयमा सूचना माग्न फागुन २६ गते निकुञ्जको कार्यालय पुगेका पत्रकार ठाकुरलाई सूचना अधिकारी रामले सूचना दिन नमानेपछि क्यामेराले दृश्य संकलन गर्दा हातपात र दर्व्यवहार गर्दै क्यामेरा खोसेर फुटाउन प्रयास गरेका थिए ।
    विज्ञप्तीमा भनिएको छ, नागरिकलाई सुसूचित गराउने कार्यमा जुटेका पत्रकारलाई सूचना माग्दा तथा दृश्य संकलन गर्दा हातपात र दुव्र्यवहार गरिनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो । महासंघ प्रेस स्वतन्त्रता विरोधी यस्ता कार्यको कडा भर्त्सना गर्दछ । हातपात र दर्व्यवहार गर्ने सूचना अधिकारी राममाथि कानुनी कारबाही गर्न एवं पत्रकारलाई निर्वाध र निर्धक्क रुपमा काम गर्ने वातावरण निर्माण गर्न महासंघ सम्बन्धित निकायसँग माग गर्दछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij