काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अब मुलुकमा पृथकतावादी आन्दोलन समाप्त भएको बताएका छन् ।
आज राष्ट्रिय किसान आयोगले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सिके राउतले संविधान मानेर मूलधारको राजनीतिमा आउनुलाई केहीले शंकाले दृष्टिले हेरेको प्रति उनले असन्तुष्टि जनाए । ‘पृथकतावादी आन्दोलन छाडेर मूल धारको राजनीतिमा आउनु र ल्याउन मुलुकको सुशासन र विकासलागि सफलता नभए के हो ?’ प्रधानमन्त्रीको प्रश्न थियो । उनले सिके राउत मूल धारको राजनीतिमा आएकोमा शंका नगर्न पनि आग्रह गरे । शंका, षडयन्त्र र धोकामाथि आफ्नो विश्वास नै नरहेको उनको भनाई छ ।
उनले सरकारले मुलुकको समृद्धिका लागि आफ्नो अभियानलाई तीव्रताका साथ अघि बढाएको दावी गरे ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
