नेपालवाट उच्च अध्यनका लागि अस्ट्रेलियाको मेलवर्नमा रहेकी निस्मा श्रेष्ठको सडक दुर्घटनामा मृत्यु भएको छ ।
काभ्रे जिल्ला बनेपा घर भई हाल अध्ययनको शिलशिलामा नौ महिना अघि अस्ट्रेलिया आएर मेलवर्नस्थीत ग्लेनरोयमा बसोबास गर्दै आएकी निष्माको गत हप्ता सडक दुर्घटना भएको थियो । मेलबर्नमा रहेका लाट्रोब विश्वविद्यालयमा अध्ययनरत निश्मा काम सकेर राति करिब १ बजे घर फर्कदा बाटो काट्ने क्रममा उनलाई गाडीले ठक्कर दिएको थियो । जसबाट उनलाई टाउकोमा गम्भीर चोट लागेको थियो । दुर्घटना पश्चात गाडी चालकले नै प्रहरीलाई खबर गरी उनलाई अस्प्ताल लगेका थिए । उपचारकै क्रममा उनको चार तारिखका राती मृत्यु भएको थियो ।
उनका आफन्तहरू भाइ र श्रीमान ७ मार्चमा मेलबर्न आइपुगेपछि मात्र अस्पतालले यो दुर्घटनाका खबरलाई औपचारिक रूपमा जानकारी गराएको थियो ।
एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष तथा भिक्टोरियाका संयोजक केशव कडेंलले दुर्घटनाको खबर पाएदेखि आफुहरु अस्पतालको सम्पर्कमा रहेको बताए ।
‘अस्ट्रेलियामा नेपालीहरु बाक्लीदै गर्दा यस्ता दुर्घटनामा पनि वृद्धि भइरहेको र यस्ता बिषयमा बिध्यार्थीहरु सचेत बन्नु पर्ने कडेंलले बताए ।
कडेंलले भने, ‘सडकमा हिँड्दा, गाडी चलाउँदा या समुद्रमा पौडी खेल्दा आफूहरूले अपनाउनुपर्ने सुरक्षाका सम्बन्धमा चनाखो हुनु जरुरी छ । उज्वल भविष्य निर्माणमा विदेशिएका नेपाली बिध्यार्थीले यसतर्फ चनाखो हुनु जरुरी देखेको छु । यो दुःखद घटनामा यहाँको नेपाली समुदाय शोक सन्तप्त परिवारको साथमा रहनेछ र सक्दो सहयोग गर्नेछ ।’
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
