काठमाडौं -राजस्व अनुसन्धान विभागले एक अर्ब ७५ करोड रुपैयाँ कर छलीको आरोपमा २४ जनामाथि मुद्दा दायर गरेको छ ।
झुटा तथा नक्कली बिजक तयार पारी कर छली गर्ने जयकिशोर साह, परमेश्वर साहसहित २४ जना विरुद्ध मुद्दा दायर गरेको हो । उनीहरुलाई झुटा तथा नक्कली विजक तयार पारी करिब १ अर्ब ७५ करोड कर छली गरेको आरोपमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
विभागको अनुसन्धानमा १३ प्रतिशत भ्याट र खर्च देखाई आयकर २५ प्रतिशत छली गरेको पाइएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
