काठमाडौं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीयताबाट मुलुकपछि हट्न नसक्ने बताएका छन्।
आज जनकपुरमा आयोजित कार्यक्रममा सभापति देउवाले भने ‘संघीयता कार्यान्वयनमा आइसक्यो। तपाईंहरूले शंका गर्नु काम छैन,’ सभापति देउवाले भने, ‘संघीयता वास्तविक भइसक्यो। अब फिर्ता हुन सक्दैन।’
लोकतन्त्रबाट सरकार पछि हट्न खोजे कांग्रेसले विरोध गर्ने उनले बताए।
‘म सुन्दै छु, सरकारले विधेयक संशोधन गरेर जनताको बोल्ने, सुन्ने अधिकारमा हस्तक्षेप गर्दैछ,’ देउवाले भने, ‘लोकतन्त्र र संघीयतामा हस्तक्षेप भए हामीलाई सैह्य हुन्न।’
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
