Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पर्यटन मन्त्री अधिकारी सहित सबैको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाएर अन्तिम विदाई


  • शुक्रबार, फाल्गुन १७ २०७५

  • पर्यटन मन्त्री अधिकारी सहित सबैको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाएर अन्तिम विदाई

    काठमाडौं– ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सहित सबै शवको श्रद्धाञ्जली कार्यक्रम भएको छ । सैनिक मञ्च टुँडिखेलमा सुरु भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री रविन्द्र अधिकारीको पार्थिव शरीरमाथि राष्ट्रिय झण्डा ओडाएका छन् ।
    राष्ट्रपति, उपराष्ट्रपति र नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि अधिकारीको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरेका छन्। नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का केन्द्रीय सदस्यसमेत रहेका मन्त्री अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओडाए ।
    मन्त्री अधिकारीलगायत सातै जनाको पार्थिव शरीरमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा एवं मन्त्रीहरुले श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

    https://www.youtube.com/watch?v=OFz7-qf_BJ4&t=144s

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij