Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भारतीय वायु सैनिकका दुई जहाज पाकिस्तानले खसाल्यो


  • बुधबार, फाल्गुन १५ २०७५

  • भारतीय वायु सैनिकका दुई जहाज पाकिस्तानले खसाल्यो

    एजेन्सी– भारत र पाकिस्तानबीच युद्ध चर्किँदै जाँदा दुई वटा भारतीय एअरफोर्सको जेट खसालेको पाकिस्तानले दाबी गरेको छ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले पाकिस्तानी हवाई क्षेत्रभित्र प्रवेश गरेको दुई भारतीय एअरफोर्सको जेट खसालेको दाबी गरेको हुन् । उनले ट्विट गर्दै एक भारतीय पायलटलाई नियन्त्रणमा समेत लिइएको बताएका छन् ।

    त्यस्तै पाकिस्तानका विदेश मन्त्रालयका प्रवक्ता डा. मोहम्मद फैसलले भनेका छन् ‘पाकिस्तानी वायु सेनाले आफ्नो वायु सीमा भित्रै रहेर बमबारी गरेको हो । तर यो भारतीय आक्रमणको जवाफ भने होइन ।’

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij