Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

समाज कल्याणका पदाधिकारी बर्खास्त


  • बिहिबार, फाल्गुन ९ २०७५

  • समाज कल्याणका पदाधिकारी बर्खास्त

    काठमाडौंँ– सरकारले द्नीयतपूर्ण र कानुनविपरित काम गरेको भन्दै समाज कल्याण परिषदका उपाध्यक्ष निलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना र सदस्यहरु राजेन्द्र कुमार पौडेल, डिल्ली प्रसाद भट्ट र गोकर्ण भट्टलाई बर्खास्त गरेको छ ।
    फागुन ३ गते बसको मन्त्रिपरिषद बैठकले परिषद्का पदाधिकारीलाई पदमुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
    साथै बैठकले परिषदमा भएको आर्थिक प्रशासनिकलगायतका अनियमितताका सम्बन्धमा प्रचलित कानुनबमोजिम कारवाही गर्न छानविन समितिको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धानमा पठाउने निर्णय गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij